गण्डकी प्रदेशका सभामुख र उपसभामुखले एक महिनाको पारिश्रमिक कोरोना कोषमा जम्मा गर्ने
रासस
चैत्र १५, २०७६ शनिबार
गण्डकी प्रदेशका सभामुख र उपसभामुखले प्रदेश सरकारले कोरोना भाइरसको सङ्क्रमण न्यूनीकरण गर्ने उद्देश्यले स्थापना गरेको उपचार कोषमा एक महिनाको पारिश्रमिक प्रदान गर्ने भएका छन् ।
सभामुख नेत्रनाथ अधिकारी र उपसभामुख सिर्जना शर्माले सरकारले स्थापना गरेको कोरोना रोकथाम, नियन्त्रण र उपचार कोषमा पारिश्रमिक जम्मा गर्न सचिवालयलाई निर्देशन दिएको उपसभामुख शर्माले राससलाई जानकारी दिनुभयो ।