पश्चिम नवलपरासीका सातै स्थानीय तहमा क्वारेन्टाइन
रासस
चैत्र १४, २०७६ शुक्रबार
विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि पश्चिम नवलपरासीका सातै स्थानीय तहले क्वारेन्टाइन निर्माण गरेका छन् । कोरोना भाइरसको सम्भावित सङ्क्रमण, फैलावट र त्यसबाट निम्तिन सक्ने विपद् व्यवस्थापनका लागि स्थानीय तहले विद्यालय, स्वास्थ्य संस्था तथा खाली चौरलाई उपयोग गर्दै क्वारेन्टाइन निर्माण गरेका हुन् ।