logo
२०८१ मंसिर १३ बिहीवार



दैलखका तीन दैनिक र चार साप्ताहिक बन्द

पढ्नै पर्ने |
प्रदेश |


दैलखका तीन दैनिक र चार साप्ताहिक बन्द


दुल्लू, चैत्र १४ गते । कोभिड–१९ को सम्भावित जोखिमपछि लकडाउन हुँदा दैलेखबाट प्रकाशित हुने सबै पत्रपत्रिका बन्द गरिएको छ । लकडाउनलाई पालना गर्न जिल्लाबाट प्रकाशित हुने पत्रपत्रिका बन्द गरिएको हो ।

दुईवटा छापाखानामा काम गर्ने कामदार त्रसित भई पत्रपत्रिका ग्राहसम्म पु¥याउन समस्या भएपछि पत्रपत्रिका बन्द गरिएको धमाका राष्ट्रिय दैनिकका प्रकाशक विष्णु शर्माले बताउनुभयो । “हामीले नेपाल सरकारले ल्याएको नीतिलाई पालना गर्न र जिम्मेवारी कर्तव्य वहन गर्नका लागि प्रकाशन बन्द गरेका हौँ”, उहाँले भन्नुभयो ।

सरकारले लकडाउन गरेदेखि नै जिल्लामा पत्रपत्रिका प्रकाशन भएका छैनन् । जिल्ला लकडाउन भएपछि बजार क्षेत्रमा पत्रपत्रिका पु¥याउन सुरक्षा चुनौती बढेपछि प्रकाशन बन्द गर्नुपरको पञ्चकोशीखबर दैनिकका सम्पादक हिक्मत नेपालीले जानकारी दिनुभयो । जिल्लामा तीन दैनिक र चार साप्ताहिक पत्रिका लकडाउन अघि प्रकाशन हुँदै आएका थिए ।

लकडाउनपछि विभिन्न राष्ट्रिय मिडियामा कार्यरत पत्रकारहरु सामाजिक सञ्जाल र मोबाइल फोनबाट सम्र्पक गरी समाचार सङ्कलन गरिरहेको हिमाल खबर पत्रिकामा कार्यरत यज्ञराज थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लामा मिडिया साथीहरुले गु्रप च्याटबाट सूचना आदानप्रदान गरेर समाचार गरिरहेका छौँ भने स्थानीय तहको सूचना फोनमार्फत जानकारी लिइरहेका छौँ ।”

नेपाल पत्रकार महासङ्घ दैलेख शाखाका अध्यक्ष चक्र केसीले केही दिनअघि सञ्चारकर्मीलाई सुरक्षित भई समाचार सङकलन गर्न आह्वान गर्नुभएको थियो । यताउता हिँडडुल गरेर समाचार सङ्कलन गर्दा सञ्चारकर्मीहरुमा सङ्क्रमण फैलिन सक्ने हुँदा घरबाटै सूचना सम्पे्रषण गर्न जानकारी दिएको उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?