कोभिड–१९ : भ्रामक अडियोबारे प्रहरीले थाल्यो अनुसन्धान
रासस
चैत्र ८, २०७६ शनिबार
नेपालमा कोरोना देखिएको भनी सामाजिक सञ्जालमा भाइरल बनेको भ्रामक श्रव्य सामग्री (अडियो)का विषयमा नेपाल प्रहरीको साइबर व्यूरोले अनुसन्धान थालेको छ ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले अडियोका विषयमा ब्यूरोबाट अनुसन्धान थालिसकिएको जानकारी दिनुभयो । प्रहरीले अडियो रेकर्ड गरेर सार्वजनिक गर्ने व्यक्तिलाई कारवाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाएको छ ।