निजगढ विमानस्थल बनाउन लगानी बाेर्डले छान्याे स्वीस कम्पनी
बहुप्रतिक्षित निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया अघि बढेको छ । लगानी बोर्डले उक्त विमानस्थल निर्माणका लागि स्विट्जरल्यान्डको ज्युरिच इन्टरनेशनल एयरपोर्ट (एजी) लाई छनौट गरेको छ ।
पाँचकाटिया–बारेकोट हुँदै जुम्ला सडकको निर्माण शुरु
खलङ्गा–पाँचकाटिया सडकको ट्याक खुला भएको करीब नौ वर्षपछि पाँचकाटिया फूलचाउली, कार्याल्दापाखा, बारेकोट र चाँखुरे हुँदै जुम्ला जोड्ने सडक निर्माण गरिने भएको छ ।
धितोपत्र बजारमा झिनो सुधार
साताको पहिलो दिन दोहोरो अङ्कले घटेको नेप्से परिसूचक आज भने झिनो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार शेयर कारोबार मापक नेप्से परिसूचक १.७३ अङ्कले बढेर एक हजार १४०.९८ मा पुगेको छ ।
राजपा अध्यक्षमण्डलको जिम्मेवारी महन्थ ठाकुरलाई
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्षमण्डलको संयोजकको जिम्मेवारी महन्थ ठाकुरले सम्हाल्नुभएको छ । संयोजक ठाकुरले आजदेखि अध्यक्षमण्डलको संयोजकको जिम्मेवारी लिनुभएको राजपाले विज्ञप्तिमार्फत जनाएको हो ।
समृद्ध नेपालको आकाङ्क्षा पूरा गर्न उपराष्ट्रपतिको आग्रह
उपराष्ट्रपति नन्दबहादुर पुनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्नेतर्फ केन्द्रित हुन अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी सङ्घसंस्थालाई आग्रह गर्नुभएको छ ।
नेपालमा पहिलो पटक बाथरोग चिकित्सकको सम्मेलन हुने
दक्षिण एशियाली देशमा बाथरोगको अवस्था, पछिल्ला उपचार प्रविधि, समस्या तथा रोगबारे आमजनचेतनासमेत जगाउने ध्येयले बाथरोग चिकित्सक सम्मेलन आयोजना हुने भएको छ ।
चार वर्षपछि बालविवाह आरोपितलाई कैद सजाय
बालविवाह र बहुविवाहको आरोप लागेका सप्तरीको डाक्नेश्वरी नगरपालिका– ३ तरहीका ४१ वर्षीय हुलासप्रसाद साहलाई चार वर्षपछि कैद सजाय र जरिवाना गरिएको छ ।
चाडबाडमा सुरक्षा व्यवस्था मिलाउन निर्देशन
प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले बडा दशैँ, दीपावली, नेपाल सम्वत्, छठ लगायत राष्ट्रिय पर्वमा सुरक्षा लगायतको उचित व्यवस्था मिलाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।
छ दिनदेखि मालपोत कार्यालयको कामकाज ठप्प
महोत्तरी सदरमुकाम जलेश्वरमा अवस्थित भूमिसुधार तथा मालपोत कार्यालयको कामकाज विगत छ दिनदेखि ठप्प रहेको छ । सरकारले यही असोज १ गतेदेखि नै देशभरिका मालपोत कार्यालयको कामकाज अनलाइनमार्फत गर्ने कार्यक्रम लागू गरेपछि सोही दिनदेखि उक्त कार्यालयको सम्पूर्ण कामकाज ठप्प रहेको प्रमुख भूपबहादुर बोगटीले बताउनुभयो ।
के साँच्चै कम्युनिष्ट नै छौं त हामी अहिले ? – अध्यक्ष प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहाना प्रधान कम्युनिष्ट र राजनीतिक आन्दोलनमा अग्रणी नेता रहेका बताउनुभएको छ । पाँचौँ सहाना स्मृति दिवसका अवसरमा सहाना प्रधान प्रतिष्ठानले आज आयोजना गरेको कार्यक्रममा उहाँले प्रधानले गरेका योगदानका धेरै पक्ष रहेका बताउनुभयो ।