भारतमा गएका श्रमिक भन्छन् : ‘रित्तै जान्छौँ, रित्तै फर्कन्छौँ’
रासस
पुष ३, २०७८ शनिबार
बारेकोट गाउँपालिका–२ का दिपी नेपालीको परिवार सात वर्ष पहिले कमाइ गर्न कालापार (भारत) गएको थियो । श्रीमान्, श्रीमती, छोराछोरी बोकी कालापारमा राम्रो कमाइ हुने आशमा गएको त्यो परिवार अहिले रित्तै फर्केको छ गाउँमा ।
कालापारको बसाईमा १२ घण्टा काम गरेको नेपालीले बताउनुभयो । रातदिन काम गर्दासमेत राम्रो कमाइ हुन नसकेको उहाँको भनाइ छ । “दिनमा भारु ३५० ज्याला पाउँथ्यौँ । अहिले नेपालमा काम गर्ने हो भने झण्डै आठ सयभन्दा बढी ज्याला...