केपिलासगढीमा सञ्चालन हुने जीप तथा बसको भाडा निर्धारण
रासस
पुष २, २०७८ शुक्रबार
केपिलासगढी गाउँपालिकाको केन्द्र बाक्सिला बजारबाट राजधानी काठमाडौँ तथा तराईका विभिन्न जिल्लाका लागि छुट्ने लामो तथा छोटो दूरीको जीप तथा बसको भाडा निर्धारण गरिएको छ । यातायात व्यवसायीले यात्रुबाट यसअघि मनपरी असुल्दै आएको भाडा नियन्त्रण गर्दै आगामी दिनमा यातायात भाडामा एकरुपता ल्याउन गाउँपालिकाले जीप तथा बसको भाडा निर्धारण गरेको हो ।
जीपबाट बाक्सिला–काठमाडौँका लागि एकतर्फी जनही रु दुई हजार ५००, बाक्सिला–कटारी–धरानका...