ऋणले विस्थापित कटीगाउँ : जहाँ सुनाए पनि हुँदैन सुनुवाइ
रासस
पुष २, २०७८ शुक्रबार
साहुको ऋणले गाउँ नै विस्थापित भयो भन्दा सबैलाई अचम्म लाग्छ, तर जाजरकोटको भेरी नगरपालिका–११ कटीगाउँका १५८ दलित समुदायका घरपरिवार कोही विस्थापित भएका छन्, कोही हैरानी ब्यहोरिरहेका छन् ।
बाजेको पालादेखि लिएको ऋण नातिले समेत भुक्तान गर्न नसकेपछि गाउँका अधिकांश दलित समुदाय विस्थापित भएका छन् । जति भारतबाट कमाइ ल्याए पनि साहुको ऋण तिर्न नै पुग्दैन, अधिकांश गाउँलेका जग्गासमेत साहुले लिइसकेको वडा सदस्य नन्दबहादुर विकले...