logo
२०८१ माघ १८ शुक्रवार



सुनचाँदी व्यवसायी बीमाको दायरामा 

खुला |


सुनचाँदी व्यवसायी बीमाको दायरामा 


   
काठमाडौँ, भदौ २० गते । नेपालभित्र सुनचाँदीको व्यवसाय गरिरहेका व्यवसायी बीमाको दायरामा आएका छन् । सो व्यवसाय आफैँमा अत्यन्तै संवेदनशील व्यवसाय भएकाले बीमा अत्यावश्यक रहेको माग रहँदै आएको थियो ।    
     
 सोही मागअनुसार नै यस व्यवसायमा आबद्ध व्यवसायीका लागिसमेत थप सहज भएको छ । नेपाल सुनचाँदी व्यवासायी महासङ्घ र एनएलजी इन्स्योरेन्सबीच आज एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । दुई संस्थाबीच सरल र सहजरूपमा बीमाका क्षेत्रमा काम गर्नेगरी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।    
    
 महासङ्घका अध्यक्ष माणिकरत्न शाक्य र एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुनिलबल्लभ पन्तले सो समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको महासङ्घले जनाएको छ । महासङ्घका अध्यक्ष शाक्यका अनुसार यो समझदारीसँगै अब मुलुकभरका सुनचाँदी वयवसायीले एनएलजी इन्स्योरेन्स कम्पनीसँग सहज र सरलरूपमा बीमा गरी व्यावसायिक लाभ लिन सक्नेछन् ।    
    
 देशभरका सबै जिल्ला तथा नगर एवं एशोसिएटस सदस्यले कम्पनीको कुनै पनि शाखाबाट यो सुविधा लिनसक्ने उहाँले बताउनुभयो । कार्यक्रममा एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पन्तले दुई संस्थाबीच भएको समझदारीले सुनचाँदी व्यवसायी महासङ्घमा आबद्ध व्यवसायी लाभान्वित हुने उल्लेख गर्नुभयो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?