भरतपुर अस्पताल रेडियोलोजी विभाग: जिम्मेवार छैनन् चिकित्सक
रासस
भाद्र ८, २०७८ मंगलवार
भरतपुर अस्पतालमा रेडियोलोजी सेवा लिन आउनेले हैरानी व्यहोर्नुपरिरहेको छ । दिनका समयमा अत्यधिक भिडभाड र रातमा जिम्मेवारी भएर पनि चिकित्सक तथा प्राविधिक नहुँदा सेवाग्राहीले सास्ती खेप्नुपरेको हो । अत्यावश्यक उपचारका लागि सो सेवा आवश्यक पर्छ ।
अस्पतालको ‘सिटिस्क्यान’ र ‘भिडियो एक्सरे’सँग सम्बन्धितलाई रेडियोलोजी विभागले हेर्दै आएको छ । एक्सरेलगायतका अन्य सेवा फरक विभागबाट हेरिँदै आएको छ । दुर्घटनाका घाइते, प्रसूति,...