नदी कटानको उच्च जोखिममा दुधेखोला बस्ती
रासस
भाद्र ८, २०७८ मंगलवार
म्याग्दीको बेनी नगरपालिका–३ दुधेखोला बाढी, पहिरो र नदी कटानको उच्च जोखिममा परेको छ । दुधेखोलामा भदौ ६ गते राति आएको बाढीले बगाएको एक घर र उच्च जोखिममा रहेका अरु २२ घरपरिवारको उचित व्यवस्थापन हुन नसकिरहेको छैन । सोमबार साँझदेखि आज बिहानसम्म पनि निरन्तर वर्षा भइरहेकाले यो बस्ती, नदी कटानको चपेटा पर्ने त्रास बढेको छ ।
दुधेखोला आसपासका घरपरिवार बाढी र कटानको डरले आफ्नो घर छाडेर आफन्तकामा आश्रय लिएका छन् । पुछारमा उर्लँदो...