logo
२०८१ माघ १९ शनिवार



सभामुख सापकोटाको दाँतको शल्यक्रिया   

राष्ट्रिय |


सभामुख सापकोटाको दाँतको शल्यक्रिया   


    
काठमाडौँ, भदौ ८ गते । सभामुख अग्निप्रसाद सापकोटाको आज दाँतको सामान्य शल्यक्रिया गरिएको छ । बिहान वीर अस्पतालको दन्त विभागमा उहाँको ‘माइनर ओरल सर्जरी’ गरी दायाँपट्टि तल्लो भागको एउटा दाँत निकालिएको हो ।    
    
सभामुखका सञ्चारविज्ञ श्रीधर न्यौपानेका अनुसार अस्पतालको दन्त विभाग प्रमुख डा. शैली प्रधान, डा. किशोर भण्डारीलगायत टोलीले जाँच पश्चात् शल्यक्रिया गरेको थियो । दाँतमा समस्या आएपछि एक महिनाअघि शल्यक्रियाका लागि उहाँले समय लिनुभएकोे थियो ।

उपचार प्रक्रिया जारी रहेकाले अहिले निवासमै आराम गरिरहनुभएका सभामुख सापकोटाले चिकित्सक टोलीलाई धन्यवाद दिनुभएको बताइएको छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?