अध्ययनको निष्कर्ष – साना तथा स्वरोजगारमूलक छापामाध्यम सङ्कटमा
रासस
भाद्र ५, २०७८ शनिबार
साना तथा स्वरोजगारमूलक छापामाध्यम सङ्कटमा परेको एक अध्ययनले देखाएको छ । छापा सञ्चारमाध्यमको छाता सङ्गठन नेपाली छापामाध्यम राष्ट्रिय सञ्जालले हालै गरेको अध्ययनले कोरोना महामारीलगायतका कारण त्यस्ता पत्रपत्रिकाको अवस्था थप धरासायी बन्दै गएको निष्कर्ष निकालेको हो ।
उक्त अध्ययन प्रतिवदनमा छपाइ कागजको अभाव, कागजको मूल्यवृद्धि, विज्ञापनको सङ्कटका साथै पत्रपत्रिका संरक्षणमा राज्यबाटसमेत स्पष्ट नीति एवं...