कृषिका विद्यार्थीको प्रयोगात्मक केन्द्र बन्दै रामपुर
रासस
भाद्र ४, २०७८ शुक्रबार
रोल्पाको लिवाङ नगरपालिका– २ स्थित लोकतान्त्रिक चोक निवासी कृतिका डाँगीले रामपुरलाई कृषि सिकाइ अध्ययन केन्द्रका रुपमा लिएकी छिन् ।
उनलाई रोल्पादेखि पाल्पाको रामपुर आउनजान सहज त छैन, तर आफ्नो कृषि बाली विज्ञान अध्ययनसँगै प्रयोगात्मक तालिमका लागि भने उनले रामपुरलाई नै रोजिन् । पाल्पा जिल्लामै ठूलो क्षमताको उच्च प्रविधि (हाइटेक) को तरकारी टनेलमा प्रयोगात्मक ज्ञान लिन पाइने भएपछि डाँगीले रामपुरमा नै नयाँ प्रविधि...