नेप्सेमा उछाल, बजार पूँजीकरण ४४ खर्ब १३ अर्ब
रासस
श्रावण २६, २०७८ मंगलवार
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । लगातार उकालो लाग्दै आएको नेप्सेमा उछाल देखिएको हो । विकास बैंक, वित्त, निर्जीवन बीमा र जीवन बीमा उपसमूहको शेयरका लगानीकर्ताको तीव्र आकर्षण देखिँदा नेप्सेसमेत नयाँ उचाइमा पुगेको हो ।
नेपाल स्टक एक्सेचञ्जका अनुसार आज ५१.८६ बिन्दुले बढेर तीन हजार १६१.४४ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक १२ बिन्दुले...