‘वाग्मती प्रदेश सरकारको तीनवर्ष उपलब्धिमूलक’
रासस
श्रावण ३, २०७८ आईतवार
वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेश सरकारका तीन वर्ष उपलब्धि मूलक रहेको बताउनुभएको छ । रासससँग कुराकानी गर्दै उहाँले बजेट सफलतापूर्वक बजेट कार्यान्वयन भएको र गत आर्थिक वर्षमा समग्रमा कूल प्रगति ७३ प्रतिशत प्राप्त गरेको जानकारी दिनुभयो । “आव २०७७÷०७८ मा पुँजीगत खर्चतर्फको प्रगति ७३ प्रतिशत, चालू खर्चतर्फको प्रगति ६६.२५ प्रतिशत, वित्तीय खर्चतर्फको प्रगति ७० प्रतिशत गरी कूल प्रगति...