तार भूमिगत गरेर नयाँ शहर बनाउने पहिलो आयोजना राजधानीको पूर्वोत्तरमा
रासस
श्रावण २, २०७८ शनिबार
काठमाडौँको पूर्वोत्तर भेगका तीन नगरपालिकाको २० हजार रोपनी जग्गा एकीकरण (ल्याण्ड पुलिङ) गरी विद्युत्, टेलिफोन र इन्टरनेटका तार भूमिगत गरेर व्यवस्थित शहर निर्माण गरिने भएको छ । विद्युत्, टेलिफोन र इन्टरनेटका तार भूमिगत गरेर व्यवस्थित शहर निर्माण गर्ने यो आयोजना पहिलो हुने पूर्वी काठमाडौँ नयाँ शहरी विकास आयोजनाका इञ्जिनीयर परासर घिमिरेले राससलाई जानकारी दिनुभयो । प्राकृतिक प्रकोपबाट बच्न पर्याप्तमात्रामा खुला...