सुदूरपश्चिममा धुमधामसाथ साउने सङ्क्रान्ति पर्व मनाइँदै
रासस
श्रावण १, २०७८ शुक्रबार
सुदूरपश्चिम प्रदेशमा आज साउने सङ्क्रान्ति पर्व धुमधामका साथ मनाइँदै छ । यहाँका नौवटै जिल्ला बझाङ, बाजुरा, अछाम, बैतडी, दार्चुला, डडेल्धुरा, कैलाली, कञ्चनपुर तथा डोटीमा आज साउन महिनाको पहिलो दिन अर्थात साउन १ गते विभिन्न कार्यक्रम गरी यहाँका नागरिक साउने सङ्क्रान्ति पर्व मनाउँदै छन् ।