विकास बैंक र वित्त उपसमूहका शेयरमा लगानीकर्ताको आकर्षण
रासस
असार १६, २०७८ बुधबार
उतारचढावपूर्ण अवस्थामा रहेको धितोपत्र बजारमा आज विकास बैंक र वित्त उपसमूहका शेयरमा आकर्षण देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार पोखरा फाइनान्सको शेयरमा सकारात्मक सर्किट लागेको छ ।
सो कम्पनीको शेयरमा १० प्रतिशतको वृद्धि देखिएको छ । यस्तै, सेन्ट्रल फाइनान्स ९.९७, नेपाल फाइनान्स ९.८६, मल्टीपर्पोज फाइनान्स कम्पनी ९.५७ र प्रोगेसिभ फाइनान्स कम्पनीको शेयरधनीले ९.६८ प्रतिशतले नाफा आर्जन गरेका छन् । वित्त उपसमूहको...