logo
२०८१ माघ २३ बुधवार



कृषि विकासका लागि नवीकरणीय ऊर्जाको प्रयोगमा जोड  

अर्थ |
खुला |


कृषि विकासका लागि नवीकरणीय ऊर्जाको प्रयोगमा जोड  
सांकेतिक


काठमाडौँ, असार १६ गते । खाद्य पदार्थको उत्पादन बढाउन व्यवसायीकरण, यान्त्रीकीकरण, भण्डारण र बजार व्यवस्थापन गरिनु पर्नेमा सम्बन्धित विज्ञहरुले जोड दिएका छन् । कृषि क्षेत्रमा संलग्न जनशक्तिको अधिकतम् उपयोगका लागि सीप विकास, सहज लगानीका लागि ऋण र अनुदान व्यवस्था गर्न सकिएमा खाद्य उत्पादन वृद्धि हुनुका साथै किसानको जीवनस्तर अभिवृद्धि हुन सक्ने उहाँहरुको ठम्याइ छ ।

नेपाल नवीकरणीय ऊर्जा परिसङ्घले राष्ट्रिय धान दिवसका अवसरमा आयोजना गरेको वेबिनारमा रासायनिक मलको निर्भरतालाई कम गर्न र दिगो उत्पादकत्व बढाउन भान्छाबाट निस्कने फोहरमैला र वायोग्यास प्लान्टबाट निस्कने जैविक मललाई प्रयोग गर्न सकिने र सिँचाइ सुविधा पुग्न नसकेका ठाउँमा सौर्य पम्पबाट सिँचाइ गरी उत्पादन बढाउन नवीकरणीय ऊर्जा प्रविधि निकै उपयोगी हुने उहाँहरुको भनाइ छ । उ

त्पादनपछिका कृषिजन्य वस्तुको प्रशोधन, सुकाउन र भण्डार गर्न लघु जलविद्युत, सौर्य मिनिग्रिड, वायु ऊर्जा, सौर्य पिभी, सोलार थर्मलजस्ता नेपालका ग्रामीण वस्तीमा सहज उपलब्ध हुने प्रविधिलाई राज्यले प्राथमिकता दिनु पर्ने उहाँहरुको सुझाव छ ।    

सो अवसरमा पूर्वमन्त्री गणेश शाहले कृषि र कृषकको विकासको लागि प्रविधि र सामग्री सहजरुपमा उपलब्ध गराउन, क्षमता अभिवृद्धि गर्न र लगानी सुलभ तुल्याउन आवश्यक रहेको बताउनुभयो । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक मधुसुदन अधिकारीले नवीकरणीय ऊर्जा प्रविधिको अधिकतम् उपयोग गरी मुलुक र जनतालाई बढीभन्दा बढी फाइदा पु¥याउन उच्चस्तरमा संवाद र छलफल गर्नुपर्ने धारणा राख्नुभयो ।    

कार्यक्रममा युवा उद्यमी कुशल गुरुङले कृषिका लागि वायोग्यास प्लाण्टबाट उत्पादित जैविक मल र अभिषेक मल्लले सौर्य विद्युत्बाट सञ्चालन हुने सिँचाइ प्रणालीको उपादयता, विद्यमान अवस्था र सम्भावनाका सम्बन्धमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

परिसङ्घका अध्यक्ष गुणराज ढकालको सभापतित्वमा भएको सो अन्तरक्रियामा कृषिविज्ञ डा सुधा सापकोटा, ऊर्जाविज्ञ डा इन्दिरा शाक्य, काठमाडौं विश्वविद्यालयका सहप्राध्यापक डा. सुनील लोहनी, केन्द्रका सहायक निर्देशक मुकेश घिमिरे, नेपाल वायोग्यास प्रवद्र्धन सङघका अध्यक्ष प्रकाशचन्द्र सुवेदी र नेपाल सौर्य विद्युत उत्पादक सङघका अध्यक्ष इन्द्र खनालले नवीकरणीय ऊर्जा प्रविधिको माध्यमबाट कृषि क्षेत्रमा ल्याउन सकिने सुधारका बारेमा बोल्नु भएको थियो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?