logo
२०८१ मंसिर ९ आईतवार



स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिक सम्मेलन बिहीबारदेखि

स्वास्थ्य |
फिचर |


स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिक सम्मेलन बिहीबारदेखि
फाइल तस्बिर


काठमाडौं, असार १६ गते । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले यही बिहीबार र शुक्रबार सातौँ स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिक सम्मेलन गर्दैछ । स्वास्थ्य तथा जनसङ्ख्या विज्ञलाई एउटै थलोमा भेला गरी जनस्वास्थ्य क्षेत्रका अनुसन्धानको आवश्यकताबारे छलफल गर्नका लागि सम्मेलन आयोजना गरिएको जनाइएको छ ।

परिषद्ले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा परिषद्का सदस्य सचिव डा प्रदीप ज्ञवालीले स्वास्थ्य क्षेत्रमा भइरहेका अनुसन्धानबारे वैज्ञानिकसँग छलफल गर्न सम्मेलन आयोजना गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्यासँग सम्बन्धित विषयमा स्वदेशी तथा विदेशी अनुसन्धानकर्ताले आफ्नो खोज तथा अनुसन्धान प्रस्तुत गर्नेछन् ।

सम्मेलनमा ४७ अनुसन्धानमूलक कार्यको मौलिक प्रस्तुति, १९ पोष्टर प्रस्तुति र २४ आमन्त्रित प्रस्तुति हुनेछन् । सम्मेलनको पहिलो दिन बिहीबार कोभिड–१९, जनस्वास्थ्य सङ्कट, नसर्ने रोग तथा स्वास्थ्य प्रणाली र नीतिसम्बन्धी कार्यपत्र प्रस्तुत हुनेछ ।

दोस्रो दिन स्वास्थ्य मन्त्रालयका मातृ, नवजात शिशु, बालस्वास्थ्य तथा ज्येष्ठ नागरिक स्वास्थ्य, सङ्क्रामक रोग, पोषण, मानसिक स्वास्थ्य र दुव्र्यसन, वातावरणीय स्वास्थ्य, औषधिजन्य र बायोमेडिकल अनुसन्धानमा कार्यपत्र प्रस्तुत हुनेछ । सम्मेलनमा उत्कृष्ट कार्यपत्र प्रस्तुत गर्ने नौ जनालाई अवार्डसमेत प्रदान गरिने छ ।

परिषद्का अध्यक्ष प्रा डा गेहनाथ बरालले स्वास्थ्य क्षेत्रका अनुसन्धानलाई प्रमाणित गर्नका लागि उपचार पद्धतिमा लागू गर्नुपर्ने बताउनुभयो । अनुसन्धानबाट आएको परिणामलाई व्यावहारिक रुपमा स्वास्थ्योपचारमा प्रयोग गर्नुपर्ने उहाँको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?