‘बागलुङको बजार, पँधेर्नीलाई दुःख हजार’
रासस
असार १३, २०७८ आईतवार
पूर्व बग्ने कालिगंगा, पश्चिम काँठेखोला
थाप्लो माथिको बागलुङ्गेले कहिले फेर्ने चोला
बागलुङको बजार, पँधेर्नीलाई दुःख हजार
कुखुराको भाले बासो हे पँधेर्नी उठ
पँधेरामा भइसक्यो पानी लुटालुट
बागलुङको बजार, पधेर्नीलाई दुःख हजार
जनकवि केशरी धर्मराज थापाले २०२३ सालमा तत्कालीन धौलागिरी अञ्चलको अञ्चलाधीशको कार्यालय (हालको जिल्ला प्रशासन कार्यालय) बागलुङको प्राङ्गणमा गाउनुभएको गीत हो यो । जनकवि केशरी धर्मराज थापा बागलुङको...