रेडियो मेलम्ची पुनः सञ्चालनका लागि सहयोग
रासस
असार ११, २०७८ शुक्रबार
संरचना बस्ती सुधार समिति, तारकेश्वर नगरपालिका–६, काठमाडौंले रेडियो मेलम्ची पुनः सञ्चालनका लागि शुक्रबार रु. एक लाख १ हजार १ सय ११ सहयोग गरेको छ । यसैगरी नेपाल पत्रकार महासंघ, केन्द्रीय समितिले रु. ५० हजार सहयोग हस्तान्तरण गरेको छ । मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालको उपस्थितिमा सो रकम हस्तान्तरण गरिएको हो ।
नगरप्रमुख अर्यालले नगरपालिकाका बाढी प्रभावितका लागि हालसम्म गरिएको कामबारे जानकारी दिनुभयो । महासंघका...