मर्स्याङ्दीमा जेसिबी फस्यो, अपरेटरको सकुशल उद्धार
रासस
असार १३, २०७८ आईतवार
सदरमुकाम चामेस्थित मर्स्याङ्दी नदीमाथिको मोटरेबल पुलमा जेसिबी फसेको छ । नदीले बगाएर ल्याएको काठ, बालुवा र ढुङ्गा पुलबाट निकाल्ने क्रममा जेसिबी र अपरेटर फसेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिनुभयो । मौसम अनुकूल भए जेसिबी निकाल्ने प्रयास गरिने प्रजिअ लामिछानेले जानकारी दिनुभयो ।
जेसिबी बीच भागमा नै रहे पनि नार्पाभूमि गाउँपालकाका अपरेटर सर्लाहीका बरथुवा नगरपालिका–७ स्थायी घर भएका २७ वर्षीय...