जननेता भण्डारीको जन्मस्थल ढुङ्गेसाँघुसम्म कालोपत्रे हुने
रासस
जेष्ठ २५, २०७८ मंगलवार
तेह्रथुमको सुकेपोखरी हुँदै जननेता मदनकुमार भण्डारीको जन्म घर ताप्लेजुङको ढुङ्गेसाँघुसम्मको सडक कालोपत्रे हुने भएको छ । सोका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रु. ७० करोडको ठेक्का आह्वान गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको पुख्यौली घर तेह्रथुमको छातेढुङ्गा, ईवा, ह्वाकु र चोकपुर खण्ड कालोपत्रे हुन लागेको हो । नेकपा (एमाले) का तत्कालीन महासचिव भण्डारीको जन्म घरदेखि निगुरादिन र हाम्पाङ खण्डमा...