खोप लगाएपछि वृद्धवृद्धा भन्छन्, “अब बाँचिन्छ होला”
रासस
जेष्ठ २७, २०७८ बिहीबार
बुधबार दिउँसो जिल्ला अस्पताल ताप्लेजुङको परिसरमा कोरोना विरुद्धको खोप लगाएर निस्किएका वृद्धवृद्धाहरु हँसिलो अनुहारमा देखिए । मास्कले अनुहार ढाकिए पनि हँसिलो अनुहार परैबाट प्रष्ट देखिन्थ्यो । कोही बसेरै हाँसीखुसीका साथ एकआपसमा भलाकुसारी गरिरहेका थिए त कोही घर फर्किने तरखरमा देखिन्थे ।
“खोप लगाइसकेपछि कस्तो लागिरहेको छ ?” भनेर सोध्दा फुङलिङ नगरपालिका–२ का ८० वर्षीय टीकाराम गुरुङको जवाफ थियो, “कस्तो लाग्छ र,...