सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले विश्वासको मत लिने
रासस
जेष्ठ २४, २०७८ सोमबार
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मङ्गलबार प्रदेशसभाबाट विश्वासको मत लिनुहुने भएको छ । आइतबार प्रदेशसभा सचिवालयमा विश्वासको मत लिने पत्र दर्ता भएअनुसार सरकारले आज विश्वासको मत लिन खोजेको तर नेपाली कांग्रेसले विरोध गरेपछि विश्वासको मत लिने कार्य मङ्लबारका लागि सरेको नेपाली कांग्रेस संसदीय दलका नेता डाक्टर रणबहादुर रावलले जानकारी दिनुभयो ।