पच्चीस स्वास्थ्य संस्थालाई अक्सिजन कन्सन्ट्रेटर
रासस
जेष्ठ २३, २०७८ आईतवार
नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न जोय फाउण्डेशनले विभिन्न जिल्लाका २५ स्थानमा अक्सिजन कन्सन्ट्रेटर वितरण गरेको छ । नुवाकोट, स्याङ्जा, म्याग्दी, गोरखा, सोलुखुम्बु, मनाङ, कास्की, बर्दिया, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुरका २५ स्थानमा १०० थान अक्सिजन कन्सन्ट्रेटर वितरण गरिएको हो ।