रोगभन्दा भोकको डर बढी, महामारीमै भारत फर्कँदै मजदूर
रासस
जेष्ठ ८, २०७८ शनिबार
भारतमा महामारी फैलिएपछि करिब एक महिना पहिले भारतमा मजदूरी गर्न गएका आफ्ना परिवारका सदस्यसहित नेपाल फर्कनुभएका कैलालीको गोदावरीका श्यामकुमार चौधरी शुक्रबार परिवारसहित भारत लाग्नुभयो ।
महामारीका बीचमा भारतबाट रोगको डरले घर फर्कनुभएका श्याम अहिले रोगभन्दा पनि भोकको डरले फेरि भारत फर्कन लागेको सुनाउनुहुन्छ । “घर आउने बित्तिकै निषेधाज्ञा शुरु भयो, भारतबाट आउँदा ल्याएको पैसा पनि सकियो, यहाँ काम पनि छैन बाँच्न गाह्रो...