राष्ट्रपतिबाट शपथ र कोभिड –१९ सङ्कट व्यवस्थापन अध्यादेश जारी
रासस
जेष्ठ ६, २०७८ बिहीबार
राष्ट्रपति विद्यादेवी भण्डारीले शपथसम्बन्धी अध्यादेश, २०७८ र कोभिड –१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ जारी गर्नुभएको छ । नेपालको संविधानको धारा ११४ को उपधारा९१०बमोजिम मन्त्रिपरिषद्का सिफारिशमा आज ती अध्यादेश जारी गरिएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।