अतिकम विकसित राष्ट्र एकजुट हुनुपर्नेमा नेपालको जोड
रासस
बैशाख १६, २०७८ बिहीबार
नेपालले कोभिड–१९ महामारीको अहिलेको अवस्थामा अतिकम विकसित, भूपरिवेष्टित, विकासोन्मुख तथा प्रशान्त टापुका विकासोन्मुख राज्यहरूका निम्ति अन्तर्राष्ट्रिय सहयोग अरिहार्य भएको उल्लेख गर्दै महामारीविरुद्धको खोपमा पहुँच, वित्तीय सहायता र ऋणमोचन महत्वपूर्ण हुनेमा जोड दिएको छ ।
बैङ्ककमा जारी एशिया प्रशान्तका लागि संयुक्त राष्ट्रसङ्घीय आर्थिक सामाजिक आयोग (युएनइस्क्या)को ७७औँ बैठकका सन्दर्भमा आयोजित अतिकम विकसित,...