टीकापुर र सेती अस्पतालद्वारा आजदेखि अत्यावश्यक बाहेकका सेवा बन्द
रासस
बैशाख १६, २०७८ बिहीबार
कोरोना भाइरसको दोस्रो लहर फैलिएसँगै कैलालीको टीकापुर र सेती प्रादेशिक अस्पतालले आजदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेका छन् । कोरोनाको सङ्क्रमण दर बढ्दै गएपछि टीकापुर र सेती प्रादेशिक अस्पतालले बुधबार सूचना जारी गर्दै आकस्मिक सेवा, प्रसूति सेवा, अत्यावश्यक खोप सेवा, एआरटी सेवा, क्षय तथा कुष्ठ रोग सेवाबाहेकका सम्पूर्ण बहिरङ्ग सेवा बन्द गरिएको जनाएका छन् ।