logo
२०८१ असोज ७ सोमवार



निषेधाज्ञा अवधिमा पेट्रोल पम्प खुलै रहने

फिचर |
पढ्नै पर्ने |


निषेधाज्ञा अवधिमा पेट्रोल पम्प खुलै रहने


काठमाडौंँ, वैशाख १६ गते । निषेधाज्ञाका समयमा गुड्ने अत्यावश्यक क्षेत्रका सवारी साधनलाई सहजै पेट्रोलियम पदार्थ उपलब्ध गराउने उद्देश्यले काठमाडौँ उपत्यकाभित्र रहेका पेट्रोलपम्प खुला रहने भएका छन् ।

निषेधाज्ञाको समयमा पेट्रोलियम पदार्थ सहज र सरलरूपमा बिक्री वितरण गर्न काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लामा रहेका पेट्रोलपम्प खुला रहने नेपाल आयल निगमले जनाएको छ । उपत्यकामा पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउन थानकोटस्थित वाग्मती प्रादेशिक कार्यालय खुला रहेको पनि निमगका प्रवक्ता विनीतमणि उपाध्यायले जानकारी दिनुभयो ।

उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले आजदेखि लागू हुने गरी कोरोना सङ्क्रमण रोक्न भन्दै निषेधाज्ञाको घोषणा गरेका छन् । निषेधाज्ञा लागू हुने भएपछि बुधबार राजधानीको अधिकांश पेट्रोलपम्पमा उपभोक्ताको ठूलो लाइन लागेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?