सङ्क्रमण नियन्त्रणमा पहलकदमी जारी, अहिले अक्सिजन अभाव छैन
रासस
बैशाख १४, २०७८ मंगलवार
सरकारले कोभिड–१९ को दोस्रो लहरको सङ्क्रमण बढ्दै गएपछि रोकथाम र नियन्त्रणको तयारीमा जुटेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्योपचारका लागि आवश्यक सामग्रीदेखि जनशक्ति परिचालन गर्न थालेको छ ।
सङ्क्रमण रोकथाम र नियन्त्रणकै क्रममा मन्त्रालयले मुलुकभर ८५० शय्याका हाई डिपेन्डेन्सी युनिट (एचडियु) निर्माण अन्तिम चरणमा पु¥याएको छ । तीमध्ये १७५ शय्या सञ्चालनमा आइसकेको तथा ६७५ शय्या बन्ने क्रममा छन्...