भेटियो हराउन लागेको ऐतिहासिक सामग्री
रासस
बैशाख ५, २०७८ आईतवार
नेपाल प्रज्ञा–प्रतिष्ठानले १०६ वर्षअगाडिको ऐतिहासिक लोकसामग्रीलाई प्रकाशनमा ल्याएको छ । पहिलो विश्वयुद्धमा जर्मनी पुगेका र त्यहीँ बन्दी भएका गोर्खाली सेनाले सुनाएका लोकगीत, लोककथा, आत्मकथा, निबन्ध र गाउँखाने कथालाई सङ्कलन गरेर ‘युद्धबन्दी गोर्खालीका लोकभाका र कथा’ नामक कृति प्रकाशन गरिएको हो ।
प्रथम विश्वयुद्धमा बेलायतका तर्फबाट युद्ध गर्ने गोर्खाली सैनिक जर्मनीमा बन्दी बनाइएका समयमा जर्मनेली प्रा हाइनरिक...