असिनाले आलु बाली नष्ट, किसान चिन्तित
रासस
बैशाख ४, २०७८ शनिबार
मकवानपुरको थाहा नगरपालिका–३ का सुरज मोक्तानले १९ रोपनीमा आलु बाली लगाएका थिए । तर, शुक्रबार साँझ लगातार दुई घण्टाभन्दा बढी समय हुरीबतास र चट्याङसँगै परेको असिनाका कारण सबै नष्ट गरेको छ । “रु तीन लाखभन्दा बढी लगानी गरेर सो क्षेत्रफल जग्गामा आलु लगाएको थिएँ, असिनाले केही पनि बाँकी राखेन”, उहाँले भन्नुभयो, “अब आलु नष्ट भएको जमिन जोतेर अर्को बाली लगाउनुको विकल्प नै छैन ।”
अर्का किसान अरुण कार्कीको पनि फलेको तरकारी असिनाले...