उपत्यकामा थपिए ट्राफिक बत्ती, सहज भयाे सवारी व्यवस्थापन
रासस
चैत्र १८, २०७७ बुधबार
काठमाडौँ उपत्यकाको ३१ मुख्य चोकमा ट्राफिक बत्ती जडान गरेसँगै सवारी व्यवस्थापन सहज भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडक विभाग, महानगरपालिका र विभिन्न सङ्घसंस्थाको सक्रियतामा ट्राफिक बत्ती जडान गरेसँगै उपत्यकाको सवारी व्यवस्थापन सहज भएको हो ।