सङ्क्रमण फैलिन नदिन सिराहामा सतर्कता, सीमा नाकामा हेल्थ डेस्क स्थापना
रासस
चैत्र १२, २०७७ बिहीबार
छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएसँगै भारतसँग जोडिएको सिराहाको विभिन्न नाकामा सतर्कता बढाइएको छ । भारतमा तीव्र गतिमा कोरोना सङ्क्रमण फैलिन थालेपछि त्यसको जोखिम सिराहामा पनि पर्न सक्ने भन्दै भारतसँग जोडिएको सिराहाका माडर, ठाडी, बरियारपट्टी, औरही र नवराजपुर नाकामा हेल्थ डेस्क स्थापना गरिएको जिल्ला स्वास्थ्य कार्यालय सिराहाले जनाएको छ ।