छुवाछूतविरुद्ध ऐन आएको एक दशकमा गुमे १७ जना
रासस
चैत्र ११, २०७७ बुधबार
जातीय तथा अन्य सामाजिक छुवाछूत र भेदभाव (कसुर र सजाय) ऐन, २०६८ बनेको करिब एक दशकमा १७ दलितले जीवन गुमाएका छन् । प्रतिनिधिसभा, कानून, न्याय तथा मानव अधिकार समितिको आजको बैठकमा ‘जातीय तथा अन्य सामाजिक छुवाछूत र भेदभाव (कसुर र सजाय) ऐन, २०६८ ः विधायनोत्तर अवस्थाको परीक्षण प्रतिवेदन, २०७७’ माथिको छलफलका क्रममा सांसदले ऐन कार्यान्वयनमा आएको एक दशकमा जातीय विभेद एवं छुवाछूतकै कारण १७ ले जीवन गुमाउनु दुःखद् रहेको बताउनुभयो...