मिथिलाञ्चलमा फागुको रौनक
रासस
चैत्र ८, २०७७ आईतवार
मिथिलाञ्चलमा सद्भाव, सौन्दर्य र रसरङ्गको रङ्गीन पर्व फागुको रौनक छाइरहेको छ । जातिपाति, छुवाछूत, सानो, ठूलो, धनी र गरिबको भेदभावलाई भुलेर एउटै रङ्गमा रङ्गिने फागु पर्व नवचेतना, समता र सद्भावको प्राकृतिक स्रोत हो । प्राकृतिक सौन्दर्य र रसरङ्गको उमङ्गले सबैलाई तरङ्गित तुल्याउने फागु आनन्द र उल्लासको रङ्गीचङ्गी चाड हो ।
मिथिलाञ्चलमा १५ दिने परिक्रमाका श्रद्धालुले कञ्चन वनमा रङ्ग, अबिर खेलेसँगै फागुको रौनकताको थालनी...