प्रतिनिधिसभाको चौथो बैठक बस्दै : शीर्षनेताको शुभकामना मन्तव्य खोइ ?
रासस
चैत्र ६, २०७७ शुक्रबार
निर्वाचन होइन, प्रतिनिधिसभा अधिवेशन आह्वान होस् भन्दै आन्दोलनरत पक्षबाटै पहिलो बैठक बहिष्कारको घटना र त्यसपछिका सदनका कार्यसूचीले सबै नागरिकलाई एकपटक चकित तुल्याएको छ । सबै नीतिको माउ अर्थात् राजनीतिलाई नेतृत्व गर्ने प्रमुख दलकै शीर्षनेताबीच सरकार र पार्टी सञ्चालनका विषयमा उत्पन्न विवादले जनताको सार्वभौम सम्पन्न संस्थासमेत कसरी निष्प्रभावी हुँदोरहेछ भन्ने उदाहरणका रूपमा सदन सञ्चालन र कार्यसूची लिन सकिन्छ...