‘आगलागी नियन्त्रण गर्ने छुट्टै योजना छैन’
रासस
फाल्गुन २०, २०७७ बिहीबार
“लौन वनमा आगो लाग्यो, बाहिर निस्क”, यही फागुन १० गते दिउँसो ३ बजेको हुँदो हो गलकोट नगरपालिका–७ की थुमकुमारी थापा आत्तिएर गुहार माग्न थाल्नुभयो, “पल्लो गाउँको वनदेखि लागेको आगो हाम्रै वनमा आयो, लौन निभाउनुप-यो”, उहाँले आगो निभाउनका लागि अनुरोध गर्दैगर्दा न त उहाँहरुसँग पूर्वतयारी थियो न सामग्री नै । त्यो दिन गलकोटका तीन सामुदायिक वनमा आगलागी भयो ।