२९६ घरमा खरका छाना विस्थापित गरी कर्कटपाता
रासस
माघ १८, २०७७ आईतवार
कैलालीको टीकापुर नगरपालिकामा खरको छाना भएका घरमा नगरपालिकाले जस्तापाता लगाइदिने भएको छ । नगरपालिकाले खरको छाना विस्थापित गरी कर्कटपाता लगाउनका लागि यस वर्ष २९६ घर छनोट गरेको छ ।
वडाबाट आएका सिफारिसका आधारमा वडा नं १ मा ५१ घर, २ मा २१, ३ मा १२, ४ मा पाँच घरमा टिनको जस्तापाता लगाइने भएको छ । त्यस्तै वडा नं ५ मा ५४, ६ मा ३७, ७ मा ४५, ८ मा ४६ घर र ९ नं वडामा २४ घरमा जस्तापाता लगाइने भएको छ । नगरपालिकामा वडास्तरबाट खरको छाना विस्थापितका...