वन संरक्षण उत्कृष्टः ६८ प्रतिशत वन
रासस
माघ १६, २०७७ शुक्रबार
वाग्मती प्रदेशअन्तर्गत मकवानपुर जिल्लामा वन संरक्षणका लागि विभिन्न कार्यक्रममार्फत उत्कृष्ट प्रगति हासिल भएको पाइएको छ । जिल्लामा रहेका डिभिजन वन कार्यालय मकवानपुर र डिभिजन वन कार्यालय राप्ती गरी दुईवटा डिभिजन वन कार्यालयमार्फत वन संरक्षणसम्बन्धी विविध क्रियाकलाप हुँदै आएको हो ।
जैविक विविधताका साथै संस्कृति, शिक्षा, कला र सभ्यताले समृद्ध मानिएको मकवानपुर एक भित्रीमधेश र मध्यपहाडी जिल्ला हो । वन अनुसन्धान...