झापाका १५ वटै स्थानीय तह समृद्ध बन्दै
रासस
माघ ८, २०७७ बिहीबार
तीन वर्ष अघिसम्म साँझ नपर्दै सुनसान हुने झापाका अधिकांश ग्रामीण क्षेत्रका बजारमा अहिले राति अबेरसम्म निक्कै भीडभाड हुन्छ । कारण हो, जब साँझ छिप्पिँदै जान्छ, तब बजार र सडकका सौर्यबत्ती झलमल बल्न थाल्छन् । गल्ली, चौक र सडकमा जडित सौर्यबत्तीले झलमल उज्यालो हुँदा साँझपख घुमफिर गर्ने र किनमेल गर्ने मानिसका कारण बजारमा राति अबेरसम्म नै भीडभाड हुने गरेको हो ।
दिउँसो अफिसको कामले नभ्याएका साँझपख किनमेल गर्न निस्कने परिपाटी...