स्याउ बगैँचा व्यवस्थापन गर्न लागे किसान
रासस
माघ ७, २०७७ बुधबार
जुम्लाका किसान यो याममा स्याउका बगैंचा काँटछाट तथा स्याउका बगैँचा व्यवस्थापन गर्न लागिपरेका छन् । यहाँको तातोपानी गाँउपालिका–६ का स्याउ किसान पुथ्वीबहादुर भण्डारी यो याममा स्याउ बगैँचा काँटछाट तथा व्यवस्थापनमा व्यस्त रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “स्याउको बगैँचा समयमै व्यवस्थापन नगरे स्याउ कम फल्छ, स्याउ कम फलेको खण्डमा हाम्रो आम्दानीको स्रोत हुँदैन”, समयमै स्याउ काँटछाँट गर्न लागेको भण्डारीले बताउनुभयो...