पहिचान नखुलेका शवको अभिलेख राख्न आग्रह
रासस
माघ ६, २०७७ मंगलवार
राष्ट्रिय मानव अधिकार आयोगले बेवारिसे अवस्थामा फेला परेका प्रत्येक शवको तथ्याङ्क अद्यावधिक गर्न सरकारसँग आग्रह गरेको छ । आयोगमा प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा बेवारिसे अवस्थामा फेला परेका प्रत्येक शवको तथ्याङ्क अद्यावधिक गर्न र शवको पहिचान गरी उनीहरूका आफन्तलाई जिम्मा लगाउने व्यवस्था मिलाउन आग्रह गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, “आफ्नो पहिचान, धर्म, संस्कृति र परम्पराअनुरूप...