मुख्यमन्त्री गुरुङद्वारा पृथ्वी जयन्तीको शुभकामना
रासस
पुष २७, २०७७ सोमबार
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पृथ्वीनायारण शाहले शुरु गरेको एकीकरण अभियानको जगमा स्वाधीन, सार्वभौम र आधुनिक राष्ट्रका नागरिकको रूपमा विश्वसामु परिचित हुन पाएको बताउनुभएको छ ।
राष्ट्रिय एकताका प्रतीक पृथ्वीनारायण शाहको २९९ औँ जन्मजयन्तीको अवसरमा आज प्रकाशित प्रेस विज्ञप्तिमार्पmत उहाँले नेपालको भौगोलिक एकीकण गरी भाषिक, जातीय, सांस्कृतिकलगायत अन्य विविधताका बीच एकताको आधार निर्माण भएको...