‘शालिग्राम’को महत्व बुझाउँदै शेरचन
रासस
पुष २६, २०७७ आईतवार
कलाकार मिलन शेरचनले नयाँपुस्तालाई शालिग्रामको महत्व चिनाउनका लागि कलात्मक रूपबाट कृत्रिम शालिग्राम तयार गर्नुभएको छ । जापानी भाषा हानानो ओशिबाना अर्थात् झारपातबाट विभिन्न चित्राकृति बनाउँदै आउनुभएकी शेरचनले पछिल्लो समय शालिग्राम महत्वलाई कलामा उतार्नुभएको हो ।
“हिन्दू धर्म परम्परामा शालिग्रामको निकै महत्व छ, तर नयाँपुस्ता यसबारे निकै अनभिज्ञ छन् । कलाको माध्यमबाट शालिग्रामको महत्व बुझाउन सकिन्छ कि भनेर...