किसानको उत्पादनमा बिचौलिया हाबी,उपभोक्ता दोब्बर मूल्य तिर्न बाध्य
रासस
पुष २३, २०७७ बिहीबार
किसानले उत्पादन गरेको ताजा तरकारी बिचौलियाको चलखेलका कारण उपभोक्ताले दोब्बर मूल्य तिरेर उपभोग गर्न बाध्य भएका छन् । झापाको भद्रपुर र अर्जुनधारामा व्यावसायिक रुपमा बेमौसमी लहरे तरकारी उत्पादन गर्दै आएको मामा भाञ्जा कृषि फार्ममा प्रति केजी रु ३० का दरले फर्सी र रु ४० ले बोडी बिक्री भइरहेको छ तर फार्मभन्दा केही किलोमिटर टाढा रहेको भद्रपुर र चन्द्रगढी बजारमा फर्सी प्रतिकेजी रु ७० र बोडी रु ९० का दरले बिक्री हुने गरेको...